संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल अडिओ प्रकरणमा मुछिएपछि राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता सोमबार बिहान राजीनामा पत्र लिएर बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री ओली अहिले सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठकमा सहभागी भइरहेका कारण गुप्ताले राजीनामा पत्र बालुवाटारमै छाडेका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आइतबार मन्त्री गुप्तालाई बोलाएर अडिओ प्रकरणबारे स्पष्टिकरण लिँदै २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए।
अडिओको सत्यता पुष्टि गर्न फरेन्सिक परीक्षणका लागि सम्बन्धित ल्याबमा पठाइएको छ। साथै निष्पक्ष छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियामक निकायलाई पत्राचार गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।
केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवासम्बन्धी मिलेमतोमा मन्त्री गुप्तासँग घुस लेनदेनको अडिओ सार्वजनिक भएको थियो। उक्त अडिओ सार्वजनिक भएयता चौतर्फी रूपमा मन्त्रीको बर्खास्ती र छानबिनको माग उठिरहेको छ।

Write your Comment