क्याप्टेन थापाको जीवनीमा आधारित चलचित्र ‘क्याप्टेन साब’ बन्ने

रातोघर

 २०८२ अषाढ ३१, मंगलबार  मा प्रकाशित
२७१ पाठक संख्या


काठमाडौं — क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ मा आधारित भएर नेपाली चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको औपचारिक घोषणा गर्दै निर्देशक दीपेन्द्रकुमार खनालले क्याप्टेन थापाको जीवनीलाई चलचित्रको रुपमा प्रस्तुत गर्ने जानकारी दिए। “नियमित रूपमा बन्ने चलचित्रभन्दा भिन्न शैलीमा दर्शकमाझ केही नयाँ ल्याउने प्रयास हो,” निर्देशक खनालले भने। “आकाशमा भोगिने चुनौती, यात्राका उतारचढाव र क्याप्टेनको व्यावसायिक जीवनलाई चलचित्रमार्फत रोचक ढंगले प्रस्तुत गरिनेछ।”

चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, सञ्जोग रसाइलीलगायतका कलाकारको अभिनय रहनेछ। छायाँकार कृष्णबहादुर थापाको नेतृत्वमा आगामी भदौको पहिलो सातादेखि काठमाडौँ, चितवन र काभ्रेका विभिन्न स्थानमा छायाङ्कन सुरु गरिनेछ।

द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम इन्स्ट्रक्टर रहेका क्याप्टेन थापाको युद्ध अनुभव, उद्धार कार्य र साहसिक यात्रालाई समेटेर लेखिएको पुस्तक ‘इन्टु द फायर’ यस चलचित्रको आधार बनेको हो। चलचित्रले नेपाली सेनाको योगदान र क्याप्टेन थापाको प्रेरणादायी जीवनलाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban