

सर्लाही — सर्लाही जिल्लाको हरिपुर नगरपालिका–१ जानकीनगरमा सडक निर्माणका लागि खनिएको खाल्डोमा डुबेर एक ६ वर्षीय बालकको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय सुशान्त यादव रहेको प्रहरीले जनाएको छ।
बालक मङ्गलबार बिहान करीब १० बजेदेखि बेपत्ता भएका थिए। परिवारजन तथा स्थानीयले खोजीकार्य जारी राखिरहेका बेला राति करिब ११ बजे घरदेखि झन्डै ५०० मिटर टाढा, सडक निर्माणको क्रममा जेसीभीले खनेको खाल्डोमा पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको थियो।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।





Write your Comment