सहकारी कर्मचारीलाई दुर्व्यवहार गर्ने दुई महिलाविरुद्ध पक्राउ पुर्जी

रातोघर

 २०८२ अषाढ ३२, बुधबार  मा प्रकाशित
३१८ पाठक संख्या


विराटनगर — सहकारीबाट लिएको ऋण नतिरेपछि ताकेता गर्न गएका दुई कर्मचारीलाई घरमा बोलाई जुत्ताको माला लगाउने घटना सार्वजनिक भएपछि दुई महिलाविरुद्ध मोरङ प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मोरङ मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि दुर्व्यवहार भएको हो। मोरङको मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीया दुर्गामाया लिम्बु र ३३ वर्षीया माया मगरले गालीगलौज, हातपात र जुत्ताको माला लगाएको आरोपमा उनीहरूविरुद्ध उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माया मगरले जुत्ताको माला लगाएकी हुन् भने दुर्गामायाले त्यसको भिडियो खिचेकी थिइन्। सो भिडियो केही समय सामाजिक सञ्जालमा राखिए पनि पछि हटाइएको थियो।

घटनाबारे जानकारी दिँदै मोरङ प्रहरी प्रवक्ता डीएसपी चुँडालले भनिन्, ”ऋणको भुक्तानी नहुँदा ताकेता गर्न गएका कर्मचारीलाई छलफलको बहानामा घरमा बोलाई यस्तो दुर्व्यवहार गरिएको हो।”

भिडियोमा सुशीला लामिछाने कुर्सीमा बसेकी देखिन्छिन् भने रमेश राईमाथि लछारपछार भएको दृश्य प्रस्ट देखिन्छ।दुवै महिलाले मोबाइल बन्द गरेर सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban