नेकपा एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच पार्टी एकता, वामदेव गौतम वरिष्ठ नेता नियुक्त

रातोघर

 २०८२ श्रावण २, शुक्रबार  मा प्रकाशित
३४३ पाठक संख्या


काठमाडौं — नेकपा एकीकृत समाजवादी (नेकपा एस) र नेकपा राष्ट्रिय एकता अभियानबीच औपचारिक पार्टी एकता घोषणा गरिएको छ।

राजधानीको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित विशेष समारोहबीच दुई वामपन्थी धारबीचको एकता सार्वजनिक गरिएको हो। यस एकताको माध्यमबाट पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम अब नेकपा एसका वरिष्ठ नेता बनेका छन्।पार्टी संरचनामा उनी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहने छन्।

गौरतलब छ कि एमालेमा लामो समयसम्म क्रियाशील रहेका नेता गौतम पछिल्लो समय पार्टी नेतृत्वसँग असहमति जनाउँदै नेकपा राष्ट्रिय एकता अभियान संचालन गर्दै आएका थिए। तर एमाले नेतृत्वबाट पटक–पटक बेवास्ता भएपछि उनले अन्ततः नेकपा एससँग पार्टी एकता गरेका हुन्।एकता घोषणा समारोहमा बोल्दै अध्यक्ष माधव नेपालले यो एकतालाई वाम आन्दोलनलाई सुदृढ बनाउने दिशामा ऐतिहासिक कदम भएको उल्लेख गरे। “हामी जनताको पक्षमा एकताबद्ध भएर अघि बढ्नेछौं,” उनले भने।

सो अवसरमा झलनाथ खनाल, वामदेव गौतम, तथा अन्य नेताहरूले पनि आफ्नो धारणा राख्दै एकतालाई दीर्घकालीन राष्ट्रिय आवश्यकतासँग जोडेर व्याख्या गरे।पार्टी एकतापछि अब नेकपा एकीकृत समाजवादीले वाम शक्तिहरूलाई एकताबद्ध गर्दै आगामी राजनीतिक यात्रा अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban