हलखोरिया वन समितीको अध्यक्ष विकल्प भट्टराई पक्राउ,पिडितको १८ लाख क्षतीपुर्ती बिचमैं गायव

वडासचिव भन्छन् मैले पैसा खाएको आरोप झुटो हो म माथी बेनामी उजुरी गरियो

रातोघर

 २०८२ श्रावण ७, बुधबार  मा प्रकाशित
१६५७ पाठक संख्या


रातोघर,न्युजडेस्क । हलखोरिया साझेदारी वन व्यवस्थापन समिति डुमरवानाका अध्यक्ष विकल्प भट्टराई पक्राउ परेका छन् । भट्टराईलाई जिल्ला प्रहरी कार्यालय बाराले जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्कर १६ का वडाध्यक्ष हरिदेव खरेलमाथी निवासमैं गई अभद्र ब्यवहार तथा गाली गलोज गरेको आरोपमा मंगलवार पक्राउ गरेको हो ।

विकल्प भट्टराई सहितको एक समूह वडाअध्यक्ष खरेलको निजी निवासमैं पुगेर अभद्र व्यवहार तथा गालीगलौज गरेपछि खरेलले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए । खरेलले दिएको जाहेरीको आधारमा विकल्प भट्टराईको समुहले खरेल माथि अभद्र ब्यवहार गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिई थुनामा राखेर थप अनुसन्धान गरि रहेको बारा प्रहरीले जनाएको छ ।

वडासचिव झलकनाथ भट्टराईले मापदण्ड विपरित गराई दिएको विवाह दर्ताले निम्त्याएको घटनाः
मापदण्ड विपरित गराई दिएको विवाह दर्ताको घटनामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का वडासचिव झलकनाथ भट्टराई अनुसन्धानमा तानिएका थिए । समितीका अध्यक्ष विकल्प भट्टराई सहित उनको परिवार वडाअध्यक्ष खरेलमाथी आक्रोशित हुदैं उनको निवासमैं पुगेर अभद्र ब्यवहार गरेका थिए । अभद्र ब्यवहार गर्ने हलखोरिया साझेदारी वन व्यवस्थापन समिति डुमरवानाका अध्यक्ष विकल्प भट्टराई र रामचन्द्र भट्टराई वडासचिव झलकनाथ भट्टराईका भाईहरु हुन् ।

वडा सचिव झलकनाथ भट्टराईले एक प्रेम विवाह सम्बन्धी विषयमा मापदण्ड विपरीत विवाह दर्ता गराई दिएको विषय सतहमा आएपछि उक्त घटनामाथी जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धान अगाडी बढाएको छ । मकवानपुरको मनहरी गाउँपालिका घर भई हाल जीतपुरसिमरा–१६ मा बसोबास गर्दै आएकी प्रेम प्रजाकी छोरी बबिता प्रजा र कलैया उपमहानगरपालिका–१६ निवासी धर्मजीत महतो कोइरीका छोरा रोशन कुमार कुशवाहा बीच प्रेम विवाह भएको थियो ।

कानूनी प्रक्रियामा विवाह दर्ता रोशन कुशवाहाको स्थायी ठेगाना अनुसार कलैया –१६ मा हुनुपर्ने हो तर उक्त विवाह दर्ता भने वडासचिव झलकनाथ भट्टराई मार्फत जीतपुरसिमरा–४ मा दर्ता गराइएको तथ्य बाहिर आएको थियो । वडासचिव झलकनाथ भट्टराईको आफ्नै भाई विकल्प भट्टराई सहित उनको परिवार विवाह दर्ता सम्बन्धि भई रहेको अनुसन्धान वडाअध्यक्ष हरिदेव खेरलकैं कारण अगाडी बढेको भन्दै अपुष्ट आरोपमा उत्रिएको अध्यक्ष खरेलको दाबी छ ।

वडाअध्यक्ष खरेलले भने वडासचिव जस्तो पदमा बसेर कानुन बिपरित कार्य गर्न कसैलाई छुट छैन । जिल्ला प्रशासन कार्यालय बाराले विवाह दर्ताको विषयमा गरेको अनुसन्धान आफैंमा स्वागत योग्य छ तर मैले नैं उजुरी गरेर वडासचिव अनुसन्धानमा तानिएको भन्ने आरोप भने तथ्यहिन छ वडाअध्यक्ष खरेलले भने ।

यता विवाह गरी केटा र केटी जीतपुरसिमरा वडा नम्बर ४ मैं अस्थायी रुपमा बसोबास गर्दै आएको र केटा पक्षको अनुरोधमा आफुले उनीहरुको विवाह दर्ता आफ्नो वडामा दिएको भनी वडा सचिव झलकनाथ भट्टराई स्वीकार गरेका छन् । पिडितको रकम खाएको भन्दै आफु माथी लागेको आरोप झुटो र कलोकल्पित रहेको उनले बताए । जिल्ला प्रशासन कार्यालय बारामा बेनामी उजुरी गरेर आफुलाई बदनाम गर्न खोजिएको वडासचिवको भट्टराईले आरोप लगाएका छन् ।

पिडितले पाउनु पर्ने ३३ लाख मध्ये १८ लाख बिचैंमा गायवः
पिडित बबिता प्रजाले पाउनुपर्ने क्षतिपूर्तिको ३३ लाख रकम मध्ये १५ लाख पाउँदा १८ लाख बिचमैं गायव भएपछि यो घटना बाहिर आएको हो । विवाहपछिको समय रमाइलो भन्दा बढी तनावपूर्ण रह्यो । केटा पक्षका अभिभावकले उक्त विवाह अस्वीकार गरेपछि सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढ्यो । विवाहपछि उत्पन्न पारिवारिक विवाद अन्ततः जिल्ला अदालत बारामा २०८१ साल चैत ११ गते कानुनी रूपमा सम्बन्ध विच्छेदमा टुंगिएको थियो ।

सम्बन्ध विच्छेदका क्रममा बबिता प्रजाले पाउनुपर्ने क्षतिपूर्ति रकम ३३ लाख रुपैयाँबाट घटेर १५ लाखमा सीमित भयो । सोही सन्दर्भमा आर्थिक लेनदेनमा मध्यस्थ कर्ताको भूमिकामा रहेका केही व्यक्तिहरूको संलग्नता देखिएको छ । घटनाले नयाँ मोड तब लियो, जब प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले घटनाको विस्तृत जानकारी लिन वडासचिव झलक भट्टराईलाई कलैयामा बोलाए ।

सम्बन्धित पक्षले आफू निर्दोष रहेको दाबी गरिरहे पनि विवाह दर्ता प्रक्रिया, आर्थिक लेनदेन, विचौलियाको भूमिका र अभद्र व्यवहारको मुद्दाले यो घटनालाई निकै संवेदनशील बनाएको छ । यस घटनाले स्थानीय प्रशासन, न्याय प्रणाली र स्थानीय नेतृत्वको भूमिकाप्रति समेत प्रश्न खडा गरिदिएको छ । हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष विकल्प भट्टराई, उनका आफन्त रामचन्द्र भट्टराईलगायत ब्यक्तिहरुले विचौलियाका रूपमा संलग्न व्यक्तिहरूको गतिविधिमा शंका गहिरिएको छ ।

घटनाको तहमा पुग्ने प्रयास हुँदै गर्दा विवाद निकैं जटिल बन्दै गयो । हाल जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारा दुबैले घटनाको अनुसन्धान अघि बढाएको छ । अनुसन्धानबाट दोषी प्रमाणित हुने जो–कोही माथि कडा भन्दा कडा कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताएका छन् ।क्षतीपुर्ती वापत पिडित बबिता प्रजाले पाउनु पर्ने कहाँबाट कसले हिनामिना गरेको हो त्यो बिषयमा समेत अनुसन्धान गर्न जरुरी छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban