

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा बिजनेस सेन्टरमा शान्ति वल्र्ड टूर एण्ड ट्राभल्स नामक नयाँ ट्राभल्स सेवा प्रदायक संस्था औपचारिक रूपमा सञ्चालनमा आएको छ । साउन ७ गते बुधबारका दिन एक समारोह बीच यसको उद्घाटन गरिएको हो ।
उक्त ट्राभल एजेन्सीका सञ्चालक सुजन कडेलले कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, टुर प्याकेज सेवा, र गाडी भाडा एवम् अन्य यातायात सम्बन्धी सुविधा सहितका विविध सेवा ल्याएको जानकारी गराए । ट्राभल्सले यात्रुहरूको सहजता, सुविधा र भरपर्दो सेवा सुनिश्चित गर्ने लक्ष्यसहित व्यवसायिक यात्रा सेवा प्रदान गर्ने घोषणा गरेको छ ।
सञ्चालक कडेलका अनुसार पर्यटकको माग अनुसार विभिन्न गन्तव्यका लागि आकर्षक प्याकेज योजना ल्याउने, विदेश जाने आउने नागरिकलाई सहज टिकट सेवा उपलब्ध गराउने र स्थानीय स्तरमा समेत भ्रमण प्रेमीहरूका लागि सहुलियत सहितको सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताए ।स्थानीय व्यवसायिक क्षेत्रमै थप सेवा विकल्प प्रदान गर्दै आएको शान्ति वल्र्ड टूर एण्ड ट्राभल्सको सुरुवातसँगै सिमरा क्षेत्रका नागरिक तथा व्यवसायीहरूले यात्रा सम्बन्धी सेवा पाउन थप सहजता हुने अपेक्षा गरिएको छ।





Write your Comment