संसद् बैठकमै मन्त्रीको निद्रा, प्रधानमन्त्रीको व्यङ्ग्य : “सुत्न दिनुस्,” 

रातोघर

 २०८२ श्रावण ८, बिहिबार  मा प्रकाशित
३४४ पाठक संख्या


काठमाडौँ, । संसद् बैठकमा सांसद तथा मन्त्रीहरूको असजगता फेरि एकपटक देखिएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रत्यक्ष प्रश्नोत्तरको समयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ मस्त निद्रामा देखिए ।

प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु भएको केही समयपछि बैठककक्षमा प्रवेश गर्दा मन्त्रीहरू सामान्यतया उठेर अभिवादन गर्ने चलन छ । तर सञ्चारमन्त्री गुरुङ भने गहिरो निद्रामा थिए ।

रक्षा मन्त्री मानवीर राईले गुरुङलाई उठाउने प्रयास गरे पनि उनी बिउँझेनन् । प्रधानमन्त्री ओलीले मन्त्री निदाएको देखेपछि व्यङ्ग्य गर्दै भने, “सुत्न दिनुस्,” र आफू आफ्नो सिटतर्फ अघि बढे ।

संसदजस्तो गम्भीर थलोमा यस्तो घटनाले सरकार र सांसदहरूको उत्तरदायित्वबोधमाथि प्रश्न उठाइरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban