थाई–कम्बोडिया सीमामा झडप : दुईको मृत्यु, हजारौं विस्थापित

रातोघर

 २०८२ श्रावण ८, बिहिबार  मा प्रकाशित
१९१ पाठक संख्या


काठमाडौं, ।  थाइल्याण्ड र कम्बोडियाबीचको विवादित सीमाक्षेत्रमा आज बिहानदेखि झडप भएको छ। सेनाबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको र कम्तिमा दुई जना घाइते भएको थाई अधिकारीहरूले जनाएका छन्।

कम्बोडियाबाट प्रहार गरिएको दुईवटा २१ रकेट थाई गाउँमा खसेपछि सुरिन प्रान्तको काब चोएङ क्षेत्रमा स्थिति तनावग्रस्त बनेको हो। ८६ गाउँका करिब ४० हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।थाई सेनाले कम्बोडियन हतियारधारीहरूसँग भिडन्तपछि जवाफी कारबाही गरेको दाबी गरेको छ। तर कम्बोडियाले भने गोली प्रहारको सुरुवात थाई पक्षबाट भएको दाबी गरेको छ।

स्थिति चर्किएपछि थाइल्याण्डले कम्बोडियन राजदूतलाई निष्कासन गर्ने निर्णय लिएको छ र नोम पेन्हस्थित आफ्ना कूटनीतिक कर्मचारीहरूलाई फिर्ता बोलाएको छ।बीबीसीका अनुसार, सीमा विवादसम्बन्धी थाई प्रधानमन्त्री पेटोङटार्न शिनावात्रासँगको फोन वार्ता लीक भएपछि विवाद झनै चर्किएको हो। पछिल्ला दुई महिनायता दुवै देशले सीमामा आयात–निर्यात प्रतिबन्धसहित सैनिक तैनाथी बढाएका छन्।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban