

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको भन्दै रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।
राजीनामा र छानबिन समितिको माग गर्दै लगातार ५९ दिनदेखि आन्दोलनमा रहेका यी दुई दलले सरकारको हालको छानबिन समिति टालटुले भएको भन्दै आपत्ति जनाएका छन्।
आजको बैठकमा रास्वपाबाट तोसिमा कार्की र राप्रपाबाट दीपक सिंहले बोल्दै समितिको पुनर्गठनको माग दोहोर्याएका थिए। त्यसपछि उनीहरू बैठक बहिष्कार गर्दै बाहिरिए।
उनीहरूले आफूहरूको मागअनुसार समिति नबनेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।





Write your Comment