संवैधानिक परिषद् विधेयक फिर्ता गरेपछि एमाले असन्तुष्ट

रातोघर

 २०८२ श्रावण ९, शुक्रबार  मा प्रकाशित
२३५ पाठक संख्या


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्ले पारित गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता गरेपछि नेकपा एमाले असन्तुष्ट बनेको छ।

राष्ट्रपतिले विधेयक संविधानको मर्म र लोकतान्त्रिक मान्यताविपरीत रहेको भन्दै पाँच बुँदे व्याख्यासहित फिर्ता गरेका हुन्। तर एमालेले संसद्ले पारित विधेयक फिर्ता गर्नु असान्दर्भिक र अशोभनीय कदम भएको भन्दै विरोध जनाएको छ।

उक्त विधेयकले परिषद्का ६ सदस्यमध्ये २ मात्र उपस्थित भए पनि निर्णय गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको थियो। यसले सत्ता साझेदार दलबीच मतभेद चुल्याएको छ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ‘राष्ट्रपतिले यस्तो सन्देश दिने काम गर्नु हुँदैनथ्यो’ भन्दै आलोचना गरेका छन्।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban