प्रधानमन्त्री ओलीद्वारा मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन

रातोघर

 २०८२ श्रावण ९, शुक्रबार  मा प्रकाशित
२०० पाठक संख्या


महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई–मधेशका सुख्खाग्रस्त क्षेत्रहरूको अवलोकन गरेका छन्।

नेपाल सरकारले साउन ७ गतेको मन्त्रिपरिषद् बैठकमार्फत मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। लगातारको खडेरीले धान रोपाइँ प्रभावित भएपछि समस्या समाधानका उपायबारे प्रधानमन्त्रीले सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्च अधिकारीहरूसँग छलफल गरिसकेका छन्।

प्रधानमन्त्री ओली महोत्तरी र बाराका अन्य कार्यक्रमहरूमा पनि सहभागी हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban