

जीतपुर — जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिकाको ४४ औं बैठक सम्पन्न भएको छ। नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा जीतपुरस्थित कार्यपालिकाको सभाहलमा बसेको बैठकले विपद् व्यवस्थापनलाई केन्द्रमा राख्दै दुईवटा महत्वपूर्ण निर्णय पारित गरेको छ।
बैठकले पहिलो निर्णय स्वरूप वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गर्ने र ती समितिबाट तीन दिनभित्र कार्यक्रम तथा बजेटसहितको कार्ययोजना तयार पारेर उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखामा पेश गर्न सम्पूर्ण वडामा पत्राचार गर्ने निर्णय गरेको छ।
बैठकले गरेको दोस्रो निर्णय अनुसार वडाहरूबाट प्राप्त कार्ययोजनाका आधारमा उपमहानगरपालिकाको विपद् प्रभावित क्षेत्रहरूको पहिचान गरी संकटग्रस्त क्षेत्र घोषणासम्बन्धी निर्णय नगरस्तरीय विपद् व्यवस्थापन समितिबाट छलफल गरी तय गरिनेछ।
सो निर्णयले जिल्ला समन्वय समिति कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय बारामा पेश गरिने जनाइएको छ।कार्यपालिकाको निर्णयमार्फत उपमहानगरपालिकाले संभावित प्राकृतिक विपद्हरूको जोखिम न्यूनीकरण र प्रभावकारी व्यवस्थापनको गर्न खोजिएको छ ।





Write your Comment