राजतन्त्रको अन्त्यपछि देश चौतर्फी विकासको गतिमा छ : प्रधानमन्त्री ओली

रातोघर

 २०८२ श्रावण ९, शुक्रबार  मा प्रकाशित
३२० पाठक संख्या


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले चौतर्फी विकासको बाटोमा अगाडि बढिरहेको दाबी गरेका छन्। बारामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र सडकजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गको उदाहरण दिँदै आफू पहिलो पटक प्रधानमन्त्री हुँदा उक्त परियोजनाको थालनी गरिएको स्मरण गरे। अहिले यसको निर्माण कार्य तीव्र गतिमा अघि बढेको उल्लेख गर्दै केही स्थानमा प्राविधिक कारणले ढिलाइ भएपनि सुधारका प्रयास भइरहेको जानकारी दिए। “अब हामी मेचीदेखि महाकालीसम्म हुलाकी राजमार्गमार्फत जोडिन गइरहेका छौं,” उनले भने, “यसैगरी देशभर १० देखि १२ वटा स्मार्ट सिटी निर्माण गर्ने लक्ष्य लिएको छ।”

प्रधानमन्त्री ओलीले बारा जिल्लालाई माछाको ‘सुपर जोन’ घोषणा गरिएको जानकारी दिंदै यसले किसानको आम्दानी चार गुणाले वृद्धि भएको दाबी गरे। उनले कृषिको आधुनिकीकरण तीव्र गतिमा अघि बढेको, उत्पादन बढेको र बजारसम्म पुराएर देशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताए। नेपाल अब एक वर्षभित्र अल्पविकसित देशबाट विकसित देशमा स्तरोन्नति हुने अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले, “केही पनि भएको छैन भन्नु गलत हो, केही काम बाँकी छन् भन्नु उपयुक्त हो,” भने।

राजनीतिक अस्थिरतालाई नेपालको प्रमुख चुनौतीको रूपमा चित्रण गर्दै प्रधानमन्त्री ओलीले सरकार र प्रतिपक्षले आफ्नो भूमिका सही ढंगले निर्वाह नगरेको आरोप लगाए। “सधैं अशान्त रहेको नेपाल अब स्थायित्वको दिशामा अघि बढेको छ,” उनले भने। नेकपा एमाले र नेपाली कांग्रेसबीचको सात बुँदे सम्झौताले संयुक्त सरकार गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थायित्व ल्याई समृद्धिको मार्गमा लैजाने सरकारको लक्ष्य दोहोर्याए।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban