

हेटौंडा । बागमती प्रदेश सरकारमा उत्पन्न संकट समाधान गर्न खटाइएका कांग्रेस सांसद राजन केसी आफै विवादमा तानिएका छन्।
मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेसकै २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरे पनि केसी लामासँग नजिकिँदै उनलाई जोगाउने प्रयासमा लागेको आरोप लागेको छ।
पार्टीभित्र केसीको अपारदर्शी व्यवहार, स्वार्थप्रेरित छलफल, सांसद खरिदको आशंका, र विगतमा आफ्नै पार्टीलाई हराउन खेल खेलेको आरोप पनि पुनः सतहमा आएको छ।
केसीको भूमिकाले समाधानभन्दा संकट गहिरिँदै गएको कांग्रेसभित्र मूल्यांकन भइरहेको छ।





Write your Comment