

काठमाडौं । अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार गएरातिदेखिको लगातारको वर्षाले सडक यातायातमा गम्भीर प्रभाव परेको हो।
पूर्ण रूपमा अवरुद्ध राजमार्गहरू :
कोशी राजमार्ग (सङ्खुवासभा)
नेपाल–चीन नाका (रसुवा)
पासाङ ल्हामु राजमार्ग (रसुवा)
अरनिको राजमार्ग (सिन्धुपाल्चोक)
मध्यपहाडी राजमार्ग (नुवाकोट र जाजरकोट)
जाजरकोट–डोल्पा भेरी करिडोर (रुकुम पश्चिम)
कर्णाली करिडोर (हुम्ला)
एकतर्फी सञ्चालनमा :
काठमाडौँ–नुवाकोट सडक
कालिगण्डकी करिडोर (बाग्लुङ, नवलपरासी)
बेनी–जोमसोम सडक (मुस्ताङ)
सहिद राजमार्ग (रोल्पा)
सुरक्षाकर्मी र प्राविधिक टोली सडक खुलाउने कार्यमा खटिएका छन्। प्रहरीले यात्रुहरूलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ।





Write your Comment