ओलीको आरोप : ‘गोयबल्स शैलीमा’ एमालेविरुद्ध कुप्रचार, चार शक्तिको संलग्नता

रातोघर

 २०८२ श्रावण १३, मंगलबार  मा प्रकाशित
२४० पाठक संख्या


काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र आफूविरुद्ध योजनाबद्ध हमला भइरहेको आरोप लगाएका छन्।एमाले केन्द्रीय कमिटीको निर्णयसहित जारी ‘अन्तरपार्टी निर्देशन १२’ मार्फत ओलीले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई ”गोयबल्स शैलीमाू दुरुपयोग गर्दै एमालेविरुद्ध कुप्रचार भइरहेको बताए।

उनले चार प्रकारका शक्ति एमालेविरुद्ध सक्रिय रहेको विश्लेषण गरेका छन् —

  1. देशभक्तिपूर्ण अडान नपचाउने विदेशी प्रभावमा रहेका शक्ति,
  2. राजसंस्थाको पुनःस्थापनाको पक्षमा रहेका प्रतिगामी शक्ति,
  3. सत्ता गुमाएका अन्य वामपन्थी शक्ति,
  4. नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा राख्ने अराजकतावादी समूह।

ओलीले पार्टी कार्यकर्तालाई सशक्त प्रतिवाद गर्न निर्देशन दिँदै भनेका छन्, “मिसन ८४ का लागि यो प्रतिरोध अनिवार्य छ।”

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban