

रुपन्देही — कर्णाली विकास बैंक घोटालामा संलग्न १११ जनाविरुद्ध नेपालगन्ज उच्च अदालतमा मुद्दा दायर हुने भएको छ। सीआईबी अनुसन्धानपछि बाँके सरकारी वकिल कार्यालयले आज अभियोग पत्र दर्ता गर्दैछ।
पक्राउ परेकामा बैंकका पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत लगायत छन्। ३ अर्ब २० करोडको अपचलन देखिएको छ।
राष्ट्र बैंकले बैंकलाई ‘समस्याग्रस्त’ घोषणा गर्दै व्यवस्थापन आफैंले सम्हालिरहेको छ। यो घोटाला देशकै एक ठूलो बैंकिङ अनियमितता मानिएको छ।





Write your Comment