

वीरगञ्ज — पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५ मा अब विवाह गर्नु अघि वडा कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ।
वडाध्यक्ष बिपिन मुखियाको अध्यक्षतामा मंगलबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको हो। निर्णयअनुसार अनुमति बिना विवाह गरेमा कारबाही गरिनेछ।
वडाध्यक्ष मुखियाले बालविवाह रोक्न र सामाजिक कुप्रथाको अन्त्य गर्न यो कदम चालिएको बताए। उनले विवाहका लागि केटा–केटी दुवैको उमेर २० वर्ष पूरा हुनुपर्ने र स्वीकृति नभइ विवाह गरे कानुनी कारबाही हुने जनाएका छन्।
साथै, वडा कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी बालविवाह अन्त्य गर्ने अभियान समेत अघि बढाउने भएको छ।





Write your Comment