काठमाडौं — नेकपा एमालेले भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने विधान महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै विभिन्न नेताहरूलाई व्यवस्थापनका जिम्मेवारी तोकेको छ।

रातोघर

 २०८२ श्रावण १५, बिहिबार  मा प्रकाशित
२५१ पाठक संख्या


पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन व्यवस्थापनका विभिन्न पक्षहरूका लागि नेताहरूलाई जिम्मेवारी दिएको हो।

के–कसलाई के जिम्मा ?

प्रतिनिधि संख्या यकिन गर्ने : संगठन विभाग (१०औं महाधिवेशनका प्रतिनिधिमध्ये कोही मृत्यु भएका वा पार्टी परित्याग गरेका छन् कि भनेर यकिन गर्न)

स्वास्थ्य व्यवस्था : कृष्णगोपाल श्रेष्ठ (स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख)

स्वयंसेवक परिचालन : भानुभक्त ढकाल (जनसंगठन समन्वय संयन्त्र प्रमुख)

सचिवालय तथा खानपान व्यवस्थापन : कार्यालय सचिव डा.भीष्म अधिकारी

यातायात तथा मञ्च व्यवस्थापन : केन्द्रीय सदस्य विनोद श्रेष्ठ

प्रचार तथा प्रकाशन : राजेन्द्र गौतम (प्रचार विभाग प्रमुख)

सांस्कृतिक कार्यक्रम : हेमराज राई (केन्द्रीय सदस्य)

आवास व्यवस्थापन समन्वय : लालबाबु पण्डित (जसले व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिको लागि सम्बन्धित जिल्ला वा प्रदेश सम्पर्क समन्वय कमिटीमार्फत)

महाधिवेशनमा २,२७९ जना प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरूले आ–आफ्नो आवासको व्यवस्था स्वयं गर्नु पर्नेछ भने आवश्यक परेमा सम्बन्धित प्रदेश वा जिल्लाबाट सहयोग गरिनेछ।यस निर्णयसँगै एमालेले विधान महाधिवेशनका तयारीलाई संगठित रूप दिएको संकेत देखिएको छ।

 

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban