

काठमाडौँ – सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संघीय मन्त्रीपरिषद् हेरफेरको विषयमा कुनै पनि छलफल नभएको जनाइएको छ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अनुसार बैठकमा मन्त्री हेरफेरको विषय प्रवेश समेत नभएको स्पष्ट गरेका छन्। बैठकमा मुख्यत : संघीय सरकारको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने, बजेट कार्यान्वयनमा गति दिने र संसद्मा विचाराधीन विधेयकहरू टुंग्याएर कानुन निर्माणमा सहजीकरण गर्ने विषयमा छलफल भएको थियो। त्यसका साथै बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा गरिएको र त्यसको नेतृत्व कांग्रेसको भएकाले समस्या समाधानको जिम्मा कांग्रेसले लिने भन्दै एमालेले सहयोग गर्ने प्रतिबद्धता जनाएको खड्काले बताए। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति खड्का, गृहमन्त्री रमेश लेखक, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए।





Write your Comment