

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
आज बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै बानियाँले लामामाथि दलको नेताबाट विश्वास गुमिसकेको भन्दै नैतिकताको आधारमा पद त्याग गर्नुपर्ने बताए। उनले भने, ”उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नुभएको छ, त्यसैले अब हठ नगरी मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ।”
बानियाँले आफू र मुख्यमन्त्री लामाबीच व्यक्तिगत मनमुटाव भने नरहेको स्पष्ट पारे। उनले भने, ”व्यक्तिगत रुपमा हाम्रो मनमुटाव छैन, तर पार्टीगत निर्णय र प्रक्रियालाई सम्मान गर्नुपर्छ।”





Write your Comment