खटाइएको स्थानमा नहाजिर भएको भन्दै गृह मन्त्रालयको २४ घण्टे उर्दी

रातोघर

 २०८२ श्रावण १६, शुक्रबार  मा प्रकाशित
२३२ पाठक संख्या


काठमाडौँ । गृह मन्त्रालयले सरुवा तथा पदस्थापन निर्णय भएको लामो समयसम्म पनि खटाइएको स्थानमा नहाजिर भएका कर्मचारीहरूलाई २४ घण्टे उर्दी जारी गरेको छ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै सम्बन्धित कर्मचारीहरूलाई तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो। मन्त्रालयले आज वेभ पोर्टलमार्फत सूची सार्वजनिक गर्दै १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरिएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार, हाजिर नहुने शाखा अधिकृतहरूमा असार १६ गते सरुवा निर्णय भएका १ जना, असार १८ गते निर्णय भएका ७ जना र साउन ७ गते निर्णय भएका १० जना रहेका छन्। यस्तै, साउन १८ गते निर्णय भएका ५ जना नायब सुब्बा पनि हालसम्म खटाइएको स्थानमा हाजिर भएका छैनन्।

गृह मन्त्रालयले तोकिएको समयभित्र हाजिर नभए अनुशासनात्मक कारबाही हुने चेतावनीसमेत दिएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban