भ्रष्टाचारविरुद्ध कडा अभियानको माग गर्दै YCL नेपाल बाराले प्रशासन कार्यालयमा बुझायो ज्ञापनपत्र

रातोघर

 २०८२ श्रावण १६, शुक्रबार  मा प्रकाशित
५४५ पाठक संख्या


कलैया, बारा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सहायक संगठन योङ कम्युनिस्ट लिग (YCL) नेपालले जिल्लाभित्र मौलाउँदै गएको भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, बारामा ज्ञापनपत्र बुझाएको छ।

YCL नेपाल बाराका अध्यक्ष शुभ नारायण पटेलको नेतृत्वको टोलीले साहयक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनमा जिल्लाका विभिन्न सरकारी कार्यालयहरूमा चरम भ्रष्टाचार फैलिएको उल्लेख गरिएको छ।

विशेषगरी स्थानीय तह, यातायात कार्यालय, मालपोत कार्यालय, विद्युत प्राधिकरण तथा अन्य प्रशासनिक निकायहरूमा सेवा लिन जनताले घुस दिनुपर्ने बाध्यता रहेको जनाइएको छ। YCL  ले यस्तो अवस्था सर्वसाधारण जनताको अपमान भएको भन्दै तत्कालै सुधार नगरे जनआन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।

YCL नेपालले हाल देशभर सञ्चालनमा रहेको भ्रष्टाचारविरोधी अभियान अन्तर्गत बारामा पनि जनचेतना र दबाब सिर्जना गर्दै आएको जनाएको छ। ज्ञापनपत्रमार्फत YCL ले जिल्ला प्रशासन कार्यालयलाई भ्रष्टाचार नियन्त्रणका लागि तत्काल अनुगमन तथा सचेतना अभियान सञ्चालन गर्न आग्रह गरेको छ।

यस अभियानले प्रशासनप्रति जनताको विश्वास पुनःस्थापित गर्ने विश्वास लिएको YCL का जिल्ला उपाध्यक्ष हरि रिजालले बताए । YCL  नेपालले भ्रष्टाचार नियन्त्रण जनताको नैसर्गिक अधिकार भएको र त्यसप्रति राज्य जिम्मेवार हुनुपर्ने मा रिजालले जोड दिए ।

ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनमार्फत भ्रष्टाचारविरोधी अभियानलाई थप तीव्र बनाउने तयारी पनि गरिएको जानकारी दिइएको छ।जिल्ला प्रशासन कार्यालयले उक्त ज्ञापनपत्रलाई गम्भीरतापूर्वक लिँदै आवश्यक कदम चाल्ने जनाइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban