मानव अधिकार एलाइन्सको चन्द्रपुर नगर कमिटी गठन,अध्यक्षमा ठाडा नौं सदस्य कमिटी

रातोघर

 २०८२ श्रावण १७, शनिबार  मा प्रकाशित
३३३ पाठक संख्या


मानव अधिकार एलाइन्स रौतहटको चन्द्रपुर नगरपालिकामा नगर कमिटी गठन भएको छ। आत्माराम ठाडाको अध्यक्षतामा नौ सदस्य कमिटी गठन भएको हो।
कमिटीको सचिवमा अजयनाथ अधिकारी कोषाध्यक्षमा सीतामाया मोक्तान रहनुभएको छ ।
यसैगरी सदस्यहरूमा प्रेम बहादुर रुम्बा जनक श्रेष्ठ बिमला गोले, देवप्रसाद दाहाल प्रेमशंकर मिश्र रहनुभएको छ ।
कार्यक्रममा मानव अधिकार एलाइन्सको मधेश प्रदेश अध्यक्ष अनिल तिवारीको प्रमुख आतिथी र नेकपा एमालेका प्रदेश सचिवाल्य सदस्य एवा चन्द्रपुर नगर ईन्चार्ज बिरबहादुर गोले प्रमुख वक्ताको रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष तिवारीले मधेश प्रदेशमै मानव अधिकारको क्षेत्रमा काम गर्ने पहिलो संस्थाको रुपमा एलाइन्सलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मानव अधिकार एलाइन्सका रौतहट जिल्ला अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका रौतहट जिल्ला इन्चार्ज अमरबहादुर आले, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य लोकनाथ पहाडी लगायतको उपस्थिति रहेको थियो ।
स्वागत मन्तब्य रामबहादुर घलानले गर्नुभएको यश कार्यक्रममा प्रेमा कुमारी तिमिल्सिनाले गर्नुभएको थियो ।
गठित समितिका पदाधिकारीलाई मानवअधिकार एलाइन्सका प्रदेश अध्यक्ष अनिल तिवारीले सपथ गराउनुभएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban