एनपीएल विवादमा चन्दको मध्यमार्गी भूमिका, पारसको पक्ष नलिने न विपक्षमा उभिने

रातोघर

 २०८२ श्रावण १८, आईतबार  मा प्रकाशित
१७६ पाठक संख्या


काठमाडौं  – एनपीएलको हिसाब सार्वजनिक गर्न ढिलाइ भएको विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) भित्र विवाद चुलिँदा अध्यक्ष चतुरबहादुर चन्द भने तटस्थ भूमिकामा देखिएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले हिसाबकिताब ढिला भएको स्वीकार गर्दै अब विधिसम्मत ढंगले अगाडि बढाइने बताए। गुटबन्दीको प्रश्नमा उनले क्यानमा विचार भिन्नता भए पनि उद्देश्य एउटै रहेको जिकिर गरे। पारस खड्कासँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले आफूले गरेको योगदान पर्दा पछाडि भएको भन्दै स्पष्ट धारणा दिन मानेनन्। चन्दले एनपीएल सिजन २ को तयारी सुरु भइसकेको जानकारी दिँदै पहिलो सिजनको हिसाब आगामी बैठकमा पारित हुने बताए। एसीसी एसिया कप छनोटमा नपर्दा क्यानलाई आर्थिकरूपमा क्षति भएको उनले बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban