सुशासनको अनुभूति नहुँदा लोकतन्त्र संकटमा परेको डा.कोइरालाको टिप्पणी

रातोघर

 २०८२ श्रावण १८, आईतबार  मा प्रकाशित
२०८ पाठक संख्या


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन्। विराटनगरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका प्रभावकारी रूपमा नचल्दा लोकतन्त्र नै संकटमा परेको जिकिर गरे। मिलिजुली सरकार बनाउने बाध्यता रहे पनि सिद्धान्त र व्यवहार त्याग्न नहुनेमा उनले जोड दिए। कार्यक्रममा हरि सापकोटा, अलिम अन्सारी र डा. प्रमिला गच्छेदारलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban