

वीरगन्ज — नेपालमा औद्योगिक क्षेत्रका लागि समर्पित पहिलो अनलाइन प्लेटफर्म ‘बाई नेपाल (By Nepal)’को वीरगन्जबाट औपचारिक शुभारम्भ गरिएको छ । निर्माण सामग्रीदेखि कृषि औजार, कच्चा पदार्थ, पार्टपुर्जा, सुरक्षा उपकरण र इलेक्ट्रिकल–मेकानिकल सामग्रीसम्मलाई डिजिटल प्रणालीमार्फत सहज रूपमा उपलब्ध गराउने उद्देश्य सहित उक्त प्लेटफर्म सञ्चालनमा ल्याइएको हो ।
साइड भिजिट गर्न यस लिंकमा क्लिक गर्नुहोस् ।https://bynepal.com/
बारा जीतपुरसिमराका राजन कार्की,बिरगंजका चन्दन सिंह,भक्तपुरका दिपेश मिश्रा सहितका तीन जना युवाहरुको संयुक्त प्रयासमा स्थापना गरिएको छ । ‘बाई नेपाल’ले उद्योग तथा व्यवसायमा आवश्यक वस्तुहरू अनलाइन अर्डर प्रणालीमार्फत B2B (Business to Business) र B2C (Business to Consumer) दुवै मोडेलमा सेवा प्रदान गर्नेछ । यसले प्रयोगकर्ताहरू लाई छिटो, भरपर्दो र पारदर्शी आपूर्तिको अनुभव दिलाउने सञ्चालक राजन कार्कीले जानकारी दिए।
वीरगन्जमा आयोजित एक विशेष कार्यक्रम मार्फत प्लेटफर्मको औपचारिक घोषणा गरियो । कार्यक्रममा कार्कीले “डिजिटल प्रविधिको प्रयोगमार्फत औद्योगिक क्षेत्रमा दक्षता र पारदर्शिता ल्याउनु हाम्रो उद्देश्य हो,” भन्दै ‘बाई नेपाल’ले औद्योगिक डिजिटल खरिद प्रणालीमा क्रान्ति ल्याउने विश्वास व्यक्त गरे।
प्लेटफर्ममा स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू उपलब्ध हुने भएकाले उद्योगी तथा व्यवसायीहरूलाई आवश्यक सामग्री खोज्न राजधानी धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। अब आवश्यक सामग्री मोबाइल वा कम्प्युटरबाट सजिलै अर्डर गर्न सकिनेछ।
उद्योग तथा व्यापारिक गतिविधिको केन्द्रका रूपमा चिनिएको वीरगन्जमा यस्तो सेवा प्रारम्भ हुनु संपूर्ण औद्योगिक क्षेत्रका लागि सकारात्मक संकेत भएको उद्योगी व्यवसायीहरूले बताएका छन्। डिजिटल कारोबार र आधुनिक आपूर्ति प्रणालीलाई बढावा दिने यस प्रयासले औद्योगिक विकासमा योगदान पु¥याउने विश्वास गरिएको छ।






Write your Comment