

ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन गएराति तुर्कमेनिस्तान प्रस्थान गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, यो निर्णय पार्टी विधान २०४९ (संशोधन २०७८) अन्तर्गत धारा २१ को उपधारा २ बमोजिम गरिएको हो, जसअनुसार अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले कार्यवाहकको भूमिका निर्वाह गर्ने व्यवस्था छ ।
प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने कार्यक्रम रहेको छ ।





Write your Comment