

जीतपुरसिमरा, बारा — जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका सबै आठवटा विषयगत समितिहरूलाई पूर्णता दिइएको छ। उपमहानगरका नगरप्रमुख राजन पौडेलका अनुसार साउन १६ गते बसेको ४५औँ कार्यपालिका बैठकको निर्णयअनुसार समितिहरू गठन गरिएको हो।
नगर प्रमुख पौडेलले समितिहरूको पूर्णतासँगै नीतिगत, विकासीय तथा सेवा प्रवाहसम्बन्धी कार्यहरू थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे। समितिहरूमा संयोजक र सदस्यहरू तोकिएको र कार्यक्षेत्र समेत निर्धारण गरिएको जानकारी दिइएको छ।
सार्वजनिक सेवा तथा क्षमता विकास समिति
संयोजक: संजय प्रसाद पटेल (वडा नं. १०)
सदस्य: श्यामबाबु खाँ (वडा नं. १२), पवित्रामाया कार्की, प्रल्हाद साह सोनार
श्रम, उद्योग, वाणिज्य तथा रोजगार प्रवद्र्धन समिति
संयोजक: अर्जुन रसाइली विश्वकर्मा
सदस्य: शिवशंकर महतो कोइरी (वडा ८), मुस्कतीम अंसारी (वडा २३), मोतीलाल राउत (वडा ९)
पूर्वाधार विकास समिति
संयोजक: रसुल मियाँ अंसारी (वडा २०)
सदस्य: हेमनारायण चौधरी (वडा १३), प्रभावती देवी पासवान, माया विश्वकर्मा (वडा ३)
सामाजिक विकास समिति
संयोजक: चयन गुरुङ्ग (वडा १४)
सदस्य: सुकुमाया कुमारी तामाङ्ग, विन्दालाल साह (वडा ११), सुल्तान अंसारी (वडा २४)
आर्थिक विकास समिति
संयोजक: सुवास श्रेष्ठ (वडा २१)
सदस्य: शेखरकाजी रुम्बा (वडा २२), कैमुदिन अंसारी (वडा ६), शिवशंकर महतो कोइरी (वडा ८)
कृषि, सहकारी, भूमी व्यवस्थापन तथा गरिबी निवारण समिति
संयोजक: चतुरबाबु वाग्ले (वडा १८)
सदस्य: बुद्धकुमारी अधिकारी, भिमबहादुर गंतान (वडा १७), रामप्रसाद लामिछाने (वडा १५)
वातावरण तथा विपद् व्यवस्थापन समिति
संयोजक: धनबहादुर श्रेष्ठ (वडा २)
सदस्य: सुनील गुप्ता (वडा ७), हिराबहादुर गुरुङ्ग (वडा १), दिपेन्द्र कुमार क्षेत्री (वडा १९)
विधेयक समिति
संयोजक: भोज बहादुर खत्री (वडा ४)
सदस्य: हरिदेव खरेल (वडा १६), मायादेवी चौधरी, दिपेन्द्र चौधरी (वडा ५)
नगर प्रमुख पौडेलका अनुसार, यी समितिहरूको सक्रियताले योजना निर्माण, कार्यान्वयन र अनुगमन प्रक्रियामा थप सशक्तता ल्याउने र समावेशी, उत्तरदायी स्थानीय शासन प्रणाली निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ।





Write your Comment