

हेटौंडा, मकवानपुर — नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गर्न लागेका छन्। प्रदेश प्रमुखको कार्यालय हेटौँडाका अनुसार बानियाँको नियुक्ति आज दिउँसो ३ बजे र शपथ ग्रहण कार्यक्रम ४ बजेका लागि तय गरिएको छ।
मुख्यमन्त्रीसँगै नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरू पनि आजै शपथ लिनेछन्। एमाले संसदीय दलका एक सांसदका अनुसार यसअघि सरकारमा सहभागी एक मन्त्री दोहोरिने छन् भने बाँकी ५ जना नयाँ अनुहारले मन्त्रीको जिम्मेवारी पाउनेछन्।
एमालेबाट प्रस्तावित मन्त्रीहरू :
किरण थापा मगर – स्वास्थ्य मन्त्रालय (पुनः नियुक्ति)
जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्रालय
भरतबहादुर केसी – वन तथा वातावरण मन्त्रालय
मधुसूदन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्रालय
डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्रालय
बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
एमालेले संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउने निर्णय गरेको छ। यद्यपि, अन्तिम समयमा मन्त्रालयको जिम्मेवारीमा केही हेरफेर हुन सक्ने स्रोतले जनाएको छ।





Write your Comment