

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण (नेपाके) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार र ब्याट्री प्रविधिबाट विद्युत् आपूर्ति सम्भव भएमा हाइड्रोपावरमा धेरै लगानी आवश्यक नपर्ने बताएका छन्।
उनका अनुसार दिउँसो र साँझको विद्युत् माग सोलार र ब्याट्रीबाट नै धान्न सकिने अवस्था आयो भने जलविद्युत् (हाइड्रो) निर्माणको बाध्यता हट्न सक्छ। “हामीलाई इनर्जी स्रोत कहाँबाट आयो भन्ने होइन, हाम्रो माग पूरा भए पुग्छ,” शाक्यले भने।
शाक्यले हाल औद्योगिक क्षेत्रमा विद्युत् खपत उल्लेखनीय नरहेको पनि बताए। उनका अनुसार राति विद्युत् माग न्यून हुने भएकाले सोलार र ब्याट्रीले बिहानदेखि साँझसम्मको डिमान्ड सम्हाल्न सके हाइड्रोपावरको विकल्प खोज्न सकिनेछ।





Write your Comment