बारा — जीतपुरसिमरा उपमहानगरपालिका–२४ की महिला एक महिनादेखि बेपत्ता

रातोघर

 २०८२ श्रावण २१, बुधबार  मा प्रकाशित
२२४ पाठक संख्या


बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२४ निवासी सिताराम महतोकी पत्नी, अन्दाजी ४० वर्षीया निता महतो विगत एक महिनादेखि बेपत्ता भएकी छन्।

परिवारका अनुसार उनी अन्तिम पटक हरपुर बलुवा क्षेत्रमा देखिएकी थिइन्। केही दिनअघि कलैया क्षेत्रमा पनि देखिएको भन्ने जानकारी आएको थियो, तर हालसम्म उनी घर फर्किन सकेकी छैनन्।

निता महतोको मानसिक सन्तुलन कमजोर रहेको परिवारले जनाएका छन्, जसका कारण विशेष निगरानी आवश्यक पर्ने अवस्था रहेको उल्लेख गरिएको छ।

परिवारले आम नागरिक तथा सरोकारवाला सबैलाई खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन्। यदि कसैले निता महतो देख्नु भएको छ वा उनको बारेमा कुनै जानकारी छ भने नजिकको प्रहरी कार्यालय वा ९८११२४५२२६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban