कलैया — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि हुने अक्सनमा बारा जिल्लाबाट १० जना खेलाडीको छनोट भएको छ। क्यानद्वारा सार्वजनिक अन्तिम सूचीमा ग्रेड ए मा आदिल आलम र पवन सर्राफ, ग्रेड बी मा रवि साह, निखिल सिंह र साहिल पटेल छन्। त्यस्तै, ग्रेड सी मा अमित श्रेष्ठ, अरनिको यादव, निरज यादव, भुलवन सहनी र कमल गुप्ता परेका छन्।
ए ग्रेड खेलाडीको मूल्य न्यूनतम १० लाखदेखि १५ लाख, बी ग्रेडको ५ देखि १० लाख, र सी ग्रेडको २ देखि ५ लाख रुपैयाँसम्म तोकिएको छ। अक्सन यही साउन २४ गते हुने क्यानले जनाएको छ।








Write your Comment