

काठमाडौं। प्रत्येक वर्ष साउन लागेपछि ललितपुरको ऐतिहासिक बस्ती खोकनाले रातो खुर्सानीको सौन्दर्य ओढ्ने गर्छ। पुराना शैलीका कलात्मक झ्याल र बरण्डामा धागोमा उनेर सुकाइएका रातो खुर्सानीले गाउँलाई थप आकर्षक बनाउने गर्छ।
खोकनाको भित्री बस्तीका अधिकांश घरहरू अहिले रातो खुर्सानीले सजिएका छन्। यो दृश्यले न केवल सांस्कृतिक सौन्दर्य झल्काउँछ, स्थानीय जीवनशैली र परम्परालाई पनि उजागर गर्छ।
स्थानीयहरूका अनुसार, साउन महिनाको कडा घाममा खुर्सानी सुकाएर भान्सामा प्रयोग गर्न, भविष्यका लागि बीउ राख्न, र धुलो बनाएर बेच्न समेत तयारी गरिन्छ। यसले आत्मनिर्भरता र कृषिमा आधारित परम्परागत जीवनशैलीलाई जगेर्ना दिन सहयोग पुर्याउने विश्वास गरिएको छ।





Write your Comment