रवि लामिछानेले मागे बैंक जमानतमा रिहाइ

रातोघर

 २०८२ श्रावण २२, बिहिबार  मा प्रकाशित
३०८ पाठक संख्या


रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दामा थुनामुक्त गराउन बैंक जमानतको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।

साउन १९ गते दर्ता गरिएको उक्त निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार जमानतमा रिहा गराउन आदेश मागिएको छ।मङ्गलवार र बुधवारका लागि पेशी तोकिए पनि उनका कानुन व्यवसायीले प्राविधिक कारण देखाउँदै स्थगित गराएका छन्।

सुप्रिम सहकारी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख बिगो लागेको छ। उनले आफ्नो भागको रकम बैंक जमानतमा राखेर रिहा हुने अनुमति माग गरेका हुन्।यसअघि माघ १३ मा जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिए पनि उच्च अदालतको आदेशपछि उनी पुनः थुनामा परेका थिए।

हाल उनी चैत २५ देखि रुपन्देही कारागारमा छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban