

काठमाडौं। घानामा बुधबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको ज्यान गएको छ।
दुर्घटना राजधानी आक्रा नजिकै भएको हो। घाना सरकारले यस घटनालाई “राष्ट्रिय त्रासदी” घोषणा गरेको छ।
ज्यान गुमाउनेमा कार्यवाहक उप(राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, राष्ट्रिय प्रजातान्त्रिक कांग्रेसका उपाध्यक्ष शमूएल सारपोङ, र पूर्व संसदीय उम्मेदवार शमूएल अबोआगे पनि छन्।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ। यस घटनाले घानाको राजनीतिक वृत्तमा गहिरो शोक छाएको छ।
सरकारले विस्तृत जानकारी चाँडै सार्वजनिक गर्ने जनाएको छ।





Write your Comment