फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको ऐतिहासिक छलाङ

रातोघर

 २०८२ श्रावण २२, बिहिबार  मा प्रकाशित
३२६ पाठक संख्या


काठमाडौं।  विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोलीले १३ स्थानको छलाङ मारेको छ।

यसअघि १००औं स्थानमा रहेको नेपाल हाल ८७औं स्थानमा उक्लिएको हो। नेपालले कुल १२४८.८९ अंक जोड्दै हालसम्मकै सर्वोच्च वरियतामा स्थान बनाएको छ।

हालै सम्पन्न एएफसी छनोट प्रतियोगितामा नेपालले प्रभावशाली प्रदर्शन गरेको थियो।
नेपालले लाओसलाई ९–०, श्रीलंकालाई ८–० ले पराजित गरेपछि, समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग ३–३ को बराबरी खेलेको थियो।
टाइब्रेकरमा भने नेपाल ४–२ ले पराजित भएको थियो।

उक्त प्रदर्शनकै आधारमा नेपालको वरियतामा उल्लेखनीय सुधार आएको हो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban