बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनौट अन्तर्वार्ता आज

रातोघर

 २०८२ श्रावण २३, शुक्रबार  मा प्रकाशित
२४८ पाठक संख्या


काठमाडौं । दलीय भागबण्डाअन्तर्गत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनौटका लागि आज अन्तर्वार्ता हुँदैछ। एमालेका उम्मेदवार प्रा. डा. सञ्जीव शर्मा प्रारम्भिक सूचीबाटै बाहिरिएपछि प्रतिस्पर्धा कांग्रेस समर्थक उम्मेदवारबीच सीमित भएको हो।

छनोटमा डा. रामेशराज कोइराला, प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा. डा. पशुपति चौधरी, प्रा. डा. रोहित यादव, प्रा. डा. कृष्णकुमार राई र प्रा. डा. प्रल्हाद कार्की छन्। तीमध्ये विक्रमप्रसाद श्रेष्ठ बलिया दाबेदार मानिएका छन्, जबकि रामेशराज कोइरालाको राजनीतिक टिप्पणीका कारण उनको सम्भावना घटेको बताइएको छ।

सर्च कमिटीको संयोजन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरेका छन्, जसमा स्वास्थ्य सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य छन्।

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban