गृहमन्त्री लेखक र कांग्रेस महामन्त्रीद्धयबीच मेरियटमा गोप्य छलफल

रातोघर

 २०८२ श्रावण २३, शुक्रबार  मा प्रकाशित
२९० पाठक संख्या


काठमाडौं । सरकारले ल्याएका केही विधेयकमा पार्टीभित्र असहमति बढिरहेका बेला गृहमन्त्री रमेश लेखकले बिहीबार साँझ कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग होटल मेरियटमा करिब तीन घण्टा लामो भेटवार्ता गरेका छन्।

दुवै पक्षले यसलाई सामान्य शिष्टाचार भेट भने पनि, पार्टीभित्र चलिरहेका बेग्लै शक्ति–समिकरणका बीच यो भेट अर्थपूर्ण मानिएको छ। पछिल्लो समय महामन्त्री थापा बालुवाटार बैठकमा अनुपस्थित रहँदै आएका छन्। निजामती विधेयकमा विवाद र त्यसबारे समितिको प्रतिवेदनपछि कांग्रेस नेतृत्व दबाबमा छ, जसका सन्दर्भमा यो छलफल भएको बुझिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban