

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको हालैको अभिव्यक्तिलाई लक्षित गर्दै पुनः टिप्पणी गरेका छन्। उद्योगी व्यवसायीसँगको कार्यक्रममा उनले पार्टीको निर्णय अनुशासन र प्रतिष्ठा जोगाउन गरिएको बताए।
एमाले फुटाउने औचित्य नभएको खनालको भनाइप्रति प्रतिक्रिया दिँदै नेपालले, विद्रोह ठिक नलाग्ने हो भने “ओलीको सेवा गरेर बस्न सकिन्थ्यो” भने। उनले एमालेबाट अलग हुने निर्णय संविधान मिच्ने प्रवृत्तिविरुद्धको ठिक कदम भएको दाबी गर्दै, सडक, अदालत र राजनीतिक लडाइँ सबैमा आफूहरू विजयी भएको उल्लेख गरे।





Write your Comment