

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर आज गाईजात्रा पर्व मनाइँदैछ। भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने यो सांस्कृतिक पर्व उपत्यकामा विशेष रूपमा धूमधामका साथ आयोजना हुन्छ।
एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सजाएर नगरपरिक्रमा गराइन्छ। सहभागीलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र पैसा दान गर्छन्।
इतिहासअनुसार राजा प्रताप मल्लले पुत्रशोकमा डुबेकै रानीलाई संसारमा सबैलाई शोक पर्न सक्छ भन्ने देखाउन घर–घरका दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाल्ने परम्परा सुरु भएको मानिन्छ।





Write your Comment