

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरस्थित क्याट क्याफे नेपाल हाल चर्चामा छ। २०७९ सालमा आकृति श्रेष्ठले झम्सिखेलबाट सुरु गरेको यो नेपालकै पहिलो क्याट क्याफे हो, जुन अहिले उनका भाइ आर्यन श्रेष्ठले सञ्चालन गरिरहेका छन्।
क्याफेमा भारत र थाइल्यान्डबाट ल्याइएका १७ वटा पर्सियन बिरालासँग समय बिताउन पाइन्छ। ‘क्याट रुम’ प्रवेश शुल्क ५०० रुपैयाँ छ, जसमा एक खानेकुरा र एक ड्रिंक समावेश हुन्छ। क्याफेले जनावरप्रतिको सकारात्मक सोच फैलाउने र तनाव कम गर्ने उद्देश्य लिएको छ।





Write your Comment