

काठमाडौं — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा भेट्न पुगेका छन्। भेटमा दुवैले नेपालको वर्तमान राजनीतिक स्थिति र पार्टी एकताको सम्भावनाबारे कुराकानी गरेका छन्।
श्रेष्ठले पछिल्लो समय विभिन्न राजनीतिक भेटघाट तीव्र बनाएका छन्। उनले पहिले नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र शुक्रबार नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए।





Write your Comment