बागमती कांग्रेसमा मन्त्रीपदका लागि चल्यो दौडधुप

रातोघर

 २०८२ श्रावण २५, आईतबार  मा प्रकाशित
२९७ पाठक संख्या


मकवानपुर । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्र मन्त्री बन्नको लागि कडा प्रतिस्पर्धा चलेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पाँच मन्त्रालय रिक्त राखेर पार्टीभित्र शक्ति सन्तुलन मिलाउन खोजेका छन्। कांग्रेसका दर्जनौं सांसद काठमाडौंमा लबिङमा छन्। महिला, दलित र समावेशीतालाई ध्यानमा राख्दै कांग्रेसका विभिन्न टिमबाट मन्त्री बन्न आकांक्षीहरू सक्रिय छन्।

श्याम बहादुर खड्का, बिमल ठकुरी, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, कन्चनचन्द्र बादे लगायतको नाम चर्चामा छ। महिला मन्त्रीका रूपमा सुना परियार, आरजु देउवा, विनु रायमाझी, उर्मिला नेपाल केसी र याङ्कीला शेर्पा लबिङमा छन्। शीर्ष नेताहरूबीच सत्ता सन्तुलन मिलाउन सरकार पूर्णता दिन साउन २७ पछि मात्र विश्वासको मत लिने तयारी छ।

प्रदेशका १४ मन्त्रालयमध्ये एमालेलाई ६ र कांग्रेसलाई मुख्यमन्त्रीसहित ८ मन्त्रालय दिने सहमति छ। कांग्रेस भित्र मन्त्रीपदका लागि भइरहेको प्रतिस्पर्धाले पार्टीभित्रको दबाब र जटिलतालाई दर्शाउँछ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban