रूपन्देही कारागारमा मानव अधिकार आयोगको अनुगमन टोली

रातोघर

 २०८२ श्रावण २६, सोमबार  मा प्रकाशित
१९४ पाठक संख्या


रूपन्देही — राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागारको अनुगमनमा आएको छ। आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली सोमबार कारागार पुगेको हो।

कारागारको ब्लक नम्बर ४ मा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनबारे केही दिनयता विभिन्न समाचार आएका बीच आयोगको टोलीले स्थल निरीक्षण गरेको हो।

अनुगमनका क्रममा टोलीसँग पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीले कारागार परिसरमा प्रवेश गर्न रोकेको थियो।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban