अष्ट्रेलिया राष्ट्रसंघमा प्यालेस्टाइन मान्यता दिने पक्षमा

रातोघर

 २०८२ श्रावण २६, सोमबार  मा प्रकाशित
२८६ पाठक संख्या


काठमाडौं । इजरायलको युद्ध अपराध र नरसंहार बढिरहेका बेला अष्ट्रेलियाले आगामी राष्ट्रसंघ महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने पक्षमा मतदान गर्ने भएको छ। प्रधानमन्त्री एन्थोनी अल्बान्सेजले सेप्टेम्बरमा हुने महासभामा दुई राज्य समाधानलाई समर्थन गर्ने बताएका छन्।

उनका अनुसार, गाजामा भोकमरी र हिंसाको अन्त्यका लागि यो नै मानवीय उपाय हो। यसअघि क्यानडा, फ्रान्स र बेलायतले पनि प्यालेस्टाइनलाई मान्यता दिने प्रस्तावमा सहमति जनाइसकेका छन्। अघिल्लो साता सिड्नीमा लाखौँ मानिसले प्यालेस्टाइन समर्थनमा प्रदर्शन गरेका थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban