

काठमाडौँ । साताको कारोबारको दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक २६.२२ अंकले घट्दै २७९६.२४ अंकमा बन्द भयो, जसले बजारलाई २८०० को मनोवैज्ञानिक विन्दुभन्दा तल पुर्यायो।
आज बजारमा कुल ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको कारोबार भयो। कारोबारमा संलग्न २५० कम्पनीमध्ये २४ वटाको मात्र मूल्य बढ्यो भने २२५ वटाको मूल्य घट्यो, १ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत सूचकमा होटल तथा पर्यटनबाहेक सबै क्षेत्र नकारात्मक रहे। कुनै पनि समूहमा २ प्रतिशतभन्दा बढीको घटबढ भने देखिएन। बजार घटे पनि सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाए, कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो। विपरीत, सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशत गुमाए।
कारोबार रकमको आधारमा नेपाल पुनर्बिमा कम्पनी २६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित अग्रस्थानमा रह्यो। त्यसपछि क्रमशः हिमालयन रिइन्स्योरेन्स, लक्ष्मी लघुवित्त र शिवम् सिमेन्टको पनि २० करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।





Write your Comment