रन्जिता श्रेष्ठ नै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष कायम

रातोघर

 २०८२ श्रावण २८, बुधबार  मा प्रकाशित
३७० पाठक संख्या


कैलाली – नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रन्जिता श्रेष्ठ नै रहने भएकी छन्। एक समूहले राष्ट्रिय भेला गरेर लालवीर चौधरीलाई अध्यक्ष तोकी निर्वाचन आयोगमा दर्ता गराएको निवेदन आयोगले अस्वीकृत गरेको हो।

निर्णयपछि श्रेष्ठले आफू संस्थापक अध्यक्षको हैसियतमा विधि, विधान र नियमअनुसार पार्टी अघि बढाउने प्रतिबद्धता जनाइन्। उनले व्यक्तिगत विवादभन्दा एकता र जनताको मुद्दालाई प्राथमिकता दिने बताइन्।

आन्तरिक विवाद समाधानका लागि नियम र सहमतिअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ। पारिवारिक सम्बन्ध र राजनीतिक जीवन अलग रहेको उल्लेख गर्दै उनले पार्टीमा सबै बराबरी सदस्य हुने स्पष्ट गरिन्।

श्रेष्ठले प्रतिपक्षमा बस्ने निर्णय पनि पार्टी संरक्षक रेशम चौधरीको सल्लाहमा संसदीय दलको बैठकमार्फत लिएको जानकारी दिइन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban