डा. रामेश कोइरालाको गंगालाल केन्द्र प्रमुख पदबाट राजीनामा

रातोघर

 २०८२ श्रावण २८, बुधबार  मा प्रकाशित
२८४ पाठक संख्या


काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत राजीनामा पत्र सार्वजनिक गर्दै कोइरालाले आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका हुन्। मंगलबार अमेरिका पुगेका कोइराला हाल त्यहीँ रहेका छन्।

२५ वर्षदेखि केन्द्रमा कार्यरत कोइरालाले विदेशमा भएको कारण मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन नसक्ने भन्दै सञ्चालक समितिलाई राजीनामा स्वीकृत गर्न आग्रह गरेका छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban